सुचना, समाचार र मनोरन्जन

सरोजको शब्द संगीत र स्वरमा ‘साझँ पर्नु अघी ’

काठमाडौं :

एक दशक अघि ‘लाखौ कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो’बोलको गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा नयाँ गीत लिएर स्रोतामाझ आएका छन्। उनले ‘साझँ पर्नु अघि’गीतको भिडियो सहित स्रोता तथा दर्शकमाझ आएका हुन्।

यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ। एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत रहेका लामा गायनमा पनि उतिकै सक्रिय छन्। साथी भेट्न गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनि नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ।

आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको देख्न सकिन्छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा गायक लामाकै निर्देशनमा भिडियो तयार गरिएको छ। यस गीतको भिडियोमा राम स्यान्ताङ , पूर्णिमा मगर, विजय लामाले अभिनय गरेका छन्। गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

Leave A Reply

Your email address will not be published.