सुचना, समाचार र मनोरन्जन

विजय सेतुपतिको हिरो बन्ने कुनै सपना थिएन,उनी धनि हुन चाहन्थेँ

एजेन्सी :

गरिब परिवारका मानिसलाई धनि बन्न चाहाना हुन्छ। उनीहरु गरिबीबाट आजित बनिसकेका हुन्छन्। किनभने धन नहुँदा आफ्नो आफन्तदेखि छिमेकीको समेत हेपाईँ सहनुपर्छ। यहि हेपाईँ र गरिबीबाट मुक्त हुन चाहान्थे दक्षिण भारतीय फिल्मका भर्सटायल अभिनेता विजय सेतुपति।

उनको चाहाना फिल्ममा खेल्ने र यतिको हिट हुन्छु भन्ने कुनै कल्पनाको विषय नै थिएन। उनी आफुलाई धनि कसरी बन्ने एएटा अठोट थियो। त्यस कारण उनको सपना थियो गरिबीबाट बाहिर निस्किने। गरिब भएकै कारण पढ्न नपाएका विजयले हालै एक अन्तरवार्तामा आफ्ना विगत सम्झिएका छन्।
उनी भन्छन्,‘मलाई अहिले पनि याद आउँछ कि एउटा केटा थियो, जसको कुनै सपना थिएन। जीवनमा के गर्ने भन्ने नै थाहा थिएन। पहिलो वर्ष कलेज पढ्दा अर्को वर्षको सिलेबस के हुन्छ भन्ने पनि थाहा थिएन ।’

आफु गरिब हुँदा आफ्नो प्रेमिका समेत कोही नबनेको उनको भनाई छ। हरेक कुरामा आर्थिक जोडिएपछि उनी आफुलाई कसरी धनि बन्ने कुरामा दृण बनाई राखे।

‘मेरो गर्लफ्रेन्ड नै थिएन । किनकि, म एकदमै लजालु स्वभावको थिएँ । कसैसँग कुरा पनि गर्दिनँ थिए,’ उनले अन्तरवार्तामा भनेका छन्,‘म जीवनमा केही गर्न चाहन्थेँ । तर, त्यो कसरी गर्ने भन्ने थाहा थिएन । त्यसबेला मेरो एउटै लक्ष्य भनेको गरिबीबाट बाहिर आउनु थियो । अहिले पनि त्यो दिनहरु खुब सम्झन्छु ।’

बाल्यकालमा आफ्नो स्कुलको समयमा उनले कतै सेल्सम्यान त क्यासियरको काम गरेको सुनाउँछन्। उनले यसबाहेक फोन बूथ अपरेटरजस्ता काम गरेको विजय अन्तरवार्तामार्फत आफ्ना विगतका समयलाई सम्झिएका छन्।

उनका लागि त्यो समय निकै कठिन थियो। आर्थिक रुपमा कमजोर रहेको बेला विभिन्न कम्पनीमा काम गर्दै कमर्समा ग्रेजुएट गरेका थिए। उनले ग्रेजुएट भएपछि उनी कमाउनका लागि दुबई गएको तर, त्यहाँको जागिरबाट सन्तुष्ट नभएपछि उनी सन् २००३ तिर भारत फर्किए र विवाह गरे बताए ।

भारतपर्र्किपछि उनलाई धनि बन्न त्यति सहज भएन। उनले साथीहरुसँग मिलेर इन्टिरियर डेकोरेशनको काम थाले। सोही काम गर्दागर्दै उनले मार्केटिङ कम्पनीमा जोडिए। उनले यहाँबाट पनि खासै गतिलो आम्दानी गर्न सकेनन्। त्यहि शिलशिलामा उनले आफु कलाकारिता प्रवेश गरेका थिए।

हालै फोर्ब्ससँगको कुराकानीमा उनले यदि पछिल्लो समय थालेको विजनेश राम्रोसँग चलेको भए अहिले कलाकार भएर अन्तरवार्तामा नहुने बताएका छन्।

उनका अभिनयको करिअर नाटक, टीभी सिरियल तथा सर्ट फिल्म हुँदै उनले ‘पुदुपेट्टई’ (२००६)बाट भएको हो। उनी सहायक कलाकारको रुपमा फिल्ममा प्रवेश गरेका थिए । सन् २०१०मा प्रदर्शनमा आएको फिल्म ‘अखाडा’ ले उनको उचाई बढाएको हो । यसमा उनले मुख्य अभिनेताको भुमिका निवार्ह गरेका थिए। त्यसपछि सन् २०१२ मा आएको ‘पिज्जा’ले सुपरस्टारको रुपमा चिनाएपछि यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन।त्यसैको प्रभावले होला उनी सकारात्मक र नकारात्मक दुवैखालको चरित्रमा उत्तिकै जमेका अभिनेता हुन्।

Leave A Reply

Your email address will not be published.