सुचना, समाचार र मनोरन्जन

गोरखाको सुलिकोटमा ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरिने

गोरखा/

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका सबै वडा समेट्ने गरी सुलिकोट बहुउदेश्यीय सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गर्न गएको जेठ २९ गते सम्झौता भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताए ।

Pach Pandav

सम्झौताअनुसार कृषि एम्बुलेन्स खरिदका लागि पालिकाले ७० र सहकारीले ३० प्रतिशत लागत साझेदारी गर्नेछन् । कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने गाडी खरीदका लागि पालिकाले १९ लाख ७५ हजार रुपैयाँ र सुलिकोट बहुउदेश्यीय सहकारीले बाँकी ३० प्रतिशत रकम लगानी गर्नेछ ।

पालिकाभरीको कृषि, पशु तथा दुग्धजन्य उत्पादन सङ्कलन र बजारीकरणको काम कृषि एम्बुलेन्समार्फत हुनेछ । कृषि उत्पादन बढाउँदै बजारीकरणमा सघाउने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको वारपाक सुलिकोट गाऊँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.