पोखरा /
शिखर पुरुष स्व. गिरीजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको पाचौ संस्करणको तयारी पुरा भएको छ ।
यहि आषाड १० गते देखी १२ गते सम्म पोखरा रंगशाला स्थित कवर्ड हलमा संचालन हुने सो प्रतियोगितामा सात प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव एवं नेपाल प्रहरीको टिम समेत गरि ९ टिमको सहभागीता रहने आयोजक नेपाल हक्क संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।
यस अघिका ४ वटा संस्करण कोशि प्रदेशमा ११ A side सम्पन्न गरीएको भएपनि पाचौ संस्करण 7A SIDE इन्डोर खेलाइने छ । प्रतियोगिताका विजेता टिमले नगद, शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भन्ने उत्कृष्ट व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, धेरै गोलकर्ता लगायत ७ विधामा नगद द्वारा सम्मान गरिने उपाध्यक्ष खड्काले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल हक्की संघद्वारा आयोजित सो प्रतियोगितामा प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहयोग रहेको छ। यहि आषाड ७ र ८ गते प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यावस्थापनमा अन्तर जिल्ला गण्डकी प्रदेश स्तरीय प्रतियोगीता सम्पन्न भएको छ।
पोखरा महानगर खेलकुद विकास समितीले समेत विद्यालय स्तरीय हक्की प्रतियोगीता सम्पन्न गरेको छ । पछिल्लो समय गण्डकी प्रदेशमा हक्की खेलको गतिबिधि बढेको छ।