सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

संसदका कर्मचारीको माग छिटो समाधान हुनुपर्छ: ओली

काठमाडौं /

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताए।

उनले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव दिए। बिभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु निरन्तर आन्दोलनमा छन्।

यसैबीच तलब,अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन्। सरकारले आफुहरुको मागमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले आइतबार संसद भवन नयाँ बानेश्वरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

IVF Big

आफ्ना मागका बारेमा छलफल भएपनि लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन्। संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलनमा छन्।

कर्मचारीहरुको निरन्तरको आन्दोलनपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको थियो। छलफलपछि कर्मचारीको मागबारे सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको छ।

समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन्। समितिले एक दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने कानूनमन्त्री गिरीले जानकारी दिए।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए । कर्मचारीको आन्दोलनका कारण संसदका गतिविधिहरु प्रभावित हुदै आएको छ।

Leave A Reply

Your email address will not be published.