काठमाठौं :
सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ले निरन्तरता दिएको छ। हरेक वर्ष हुँदै आएको फेस अफ नेपालको प्रतियोगीता यस यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ।
मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्न लागेको यस कार्यक्रम देशव्यापी बनाउने तयारी गरिएको छ। अघिल्ला वर्ष काठमाडौंमा हुँदै आएको यो कार्यक्रम देशव्यापी हुन लागेको हो।आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो मोडल हन्ट प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन्।
१८ देखि माथिका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् भने उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन्। आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने छ।
नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ। असार २४ २०८१ इन्द्रेणी स्विट्स होटल बानेश्वर अडिसनमा हुँदै छ। प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिनेछ ।छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्।
फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन्। उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।