
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
‘एउटा जून’ दर्शक तथा स्रोतामाझ प्रह्लाद , आलोक श्री र टेकको नयाँ सिर्जना (भिडियो)
काठमाडौं :
नेपाली फिल्मको पार्श्व गायनका अब्बल मानिएका गायक प्रह्लाद तिमिल्सिना आफ्नो बिल्कुलै नयाँ गीत ‘एउटा जून…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । सुगम संगीतमा आधारित यो कर्णप्रिय गीतलाई सिद्धहस्त संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् ।

वरिष्ठ गीतकार टेक तामाङले यी गीतका मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन्। गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ। सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ।
सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन्। भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ। भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन्। दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन् ।
Prev Post
Next Post