सुचना, समाचार र मनोरन्जन

पेमाको ‘नाङवा किपे शब्दरोे’मा दुर्गेश

काठमाडौं :

नेपाली गीतसंगीत वर्खायाममा पनि सार्वजनिक हुनेक्रम जारी छ। यहि क्रममा गायक, गीतकार तथा संगीतकार पेमा दावाले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। उनले आफ्नो शब्द, संगीत र स्वर ‘नाङवा किपे शब्दरोे’ बोलको तिब्बतीयन भाषाको गीत सार्वजनिक गरेका छन्।

Pach Pandav

उनले अडियोका साथै भिडियो पनि सार्वजनिक गरेका हुन्। उक्त गीतको यतिबेला स्रोतामाझ चर्चा चुलिएको हो। च्र्चा चुलिनुको मुख्य कारण गीत र यसको भिडियो रहेको छ। भिडियोमा गायक आफैले अभिनय गरेका छन् भने अभिनयमा दुर्गेश थापाले पनि साथ दिएका छन्।

लेकाली भेगको सुन्दर दृश्य कैद गरिएको भिडियो चक्र बहादुर बरालले खिचेका हुन् भने सम्पादन विकास दाहालको छ। यस भिडियोलाई दुर्गेश थापाले नै निर्देशन गरेका छन्।

Leave A Reply

Your email address will not be published.