सुचना, समाचार र मनोरन्जन

सर्वाधिक कमाई गर्ने गायिका रचना रिमाललाई विदेश जानुपर्ने बाध्यता

काठमाडौं :

नेपालमा सर्वाधिक कमाई गर्ने गायिका रचना रिमाललाई नचिन्ने स्रोता दर्शक कमै छन्। गायन रियालिटी शो नेपाल आइडलको सिजन ३ बाट चर्चामा  आएकी हुन्। उनले छोटो समयमा नै १ हजार भन्दाबढि गीतमा स्वर भरेकी छन्। यति धेरै गीतमा स्वर भरेकी गायिका रिमाललाई विदेश जानुपर्ने बाध्यता रहेको सुनाउँछिन्।

घरको अवस्था कमजोर भएको भन्दै उनले आफु विदेश पुगेर,पैसा कमाएर घर बनाउने सपना बुनेकी थिइन्। तर नेपाल आइडलबाट चर्चामा आएपछि उनलाई यो समस्या टरेको बताउँछिन्। नयाँ बानेश्वरमा एक  गीतको रिलिज कार्यक्रममा भेटिएकी रचनाले आफु घरको आर्थिक अवस्थाले विदेशिनुपर्ने अवस्था रहेको सुनाएकी छन्।

तेह्रथुममा जन्मिएकी रचना झापाको विर्तामोडमा बसाई सरेर आएका हुन्। आर्थिक अवस्था कमजोर भएको उनको परिवारमा आर्थिक रुपमा कमजोर थियो। त्यस कारण रचना स्कुल सकेर चटपटे बेच्न बस्थिन्। नेपाल आइडलमा आउनु र विभिन्न गीतमा स्वर भरेपछि उनी एकाएक चर्चामा आइन्। ‘फोटो फिरिम्मा, उनको प्रीति, पानी छम्किने, र मिनरल वाटर’लगायत गीतलाई स्रोता दर्शकले मन पराएपछि उनको विदेश जाने सोच बदलिएको हो।

रचना भन्छिन्,‘घरको अवस्था हेदा पछि म विदेश गएर भएर पनि एउटा घर चाही बनाउछु भन्ने सोच थियो। यस्तो राम्रो हुन्छ भन्ने मैले सोचेको थिएनँ। म्युजिक फिल्डबाट नै यति राम्रो हुन्छ र घर बनाउँछु,ममी बाबाका लागि भनेर सोचेको थिइनँ।’

उनले थपिन्,‘गाउँका अधिकांश विदेशमा नै हुनुहुन्थ्यो नि त। उहाँहरुले ठुलो ठुलो घर बनाएको देख्दा,ओहो विदेश गएपछि मात्रै घर बनाउन सकिने रैछ भन्ने सोच थिया। कुन देश भन्ने थिएन मलाई जुन भए पनि विदेश भन्ने थियो।’

केहि वर्ष यता आर्थिक रुपमा उनी बलियो छिन्। झापामा उनले आमा बुबाका लागि घर बनाइदिएकी छन्। देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रम होस् या गीत रेकर्ड उनी डिमाण्डवाला गायिका हुन्। उनी महिनामा राम्रै कमाई गर्ने गायिका हुन् भन्दा फरक पर्दैन। किनभने दिनकै ३,४वटा गीत रेकर्ड गर्छिन् भने स्टेज कार्यक्रम पनि उतिकै मात्रामा गर्छिन्। आयोजकहरु उनी एउटै कन्सर्टको ५० हजार भन्दा माथि लिने गरेको बताउँछन्।

Leave A Reply

Your email address will not be published.