सुचना, समाचार र मनोरन्जन

डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’मा सलिना र आर्यन

काठमाडौं :

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ ।

भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ।

Gandarbha

डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।

डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

Leave A Reply

Your email address will not be published.