पोखरा/
पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गरे । कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पारे । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।
अध्यक्ष परियारको सभापतित्व एवम् सचिव शरणकुमार प्रधानले सञ्चालन गर्नुुभएको कार्यक्रममा कार्यक्रम संयोजक गीता थापाले स्वागत गर्नुुभयो भने सहकारीका सात सिद्धान्त बाचन लेखा समिति सदस्य भीमकुुमारी खत्रीले गरे । सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाहकार मेघराज पौडेल, जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य बिमला थापा बस्नेत, सहकारीका उपाध्यक्ष कमलबहादुर पुन लगायतले बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, गगनगौडा साकोसका अध्यक्ष बसन्त पौडेल, गगन महिला विकास साकोसका अध्यक्ष पद्मा बास्तोला, नेपा रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक प्रमुख महेन्द्र केसी, प्राविधिक टोली सदस्य अञ्जुु नेपाली लगायतको उपस्थिति थियो ।