सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

एमालेका सबै केन्द्रीय इन्चार्ज हटाइए, नयाँ तोक्न बाँकी

आज सम्पन्न सचिवालय बैठकले गत साथ तोकिएका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले यसअघि केन्द्रीय कमिटीबाट तोकिएका सबै इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको छ । आज सम्पन्न सचिवालय बैठकले गत साथ तोकिएका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गर्ने निर्णय गरेको हो ।

इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको बैठकले नयाँ इन्चार्जहरु भने तोकेको छैन् । अब छिट्टै जारी गरिने अन्तरपार्टी निर्देशनमा नयाँ जिम्मेबारी तोकेर खटाइने एमाले श्रोतले जानकारी दियो ।

IVF Big

गत वर्ष एमालेले केन्द्रीय नेताहरुलाई फरक फरक भूगोलमा इन्चार्ज तोकेर पठाएको थियो । प्रदेश इन्चार्जहरु आफ्नो प्रदेश भन्दा अर्को प्रदेशमा खटाइएका थिए भने जिल्ला इन्चार्ज पनि फरक जिल्लाका तोकिएका थिए । पालिका इन्चार्ज तोक्दा पनि यस्तै नीति अवलम्बन गरिएको थियो ।

अब भने भएसम्म आफ्नै भूगोलका नेतालाई इन्चार्जको जिम्मेबारी दिने निर्णय सचिवालय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

त्यस्तै अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा काम गर्न सक्ने नेताहरुलाई मन्त्री बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको उपमहासचिव ज्ञवाली बताए ।

Leave A Reply

Your email address will not be published.