पोखरा/
पोखरा १५ मा ‘किसान बजार’ सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई सिधै खरिद विक्रि गर्न पाउन भन्ने उद्येश्यले पोखरा महानगरपालिका वडा नं १२ र कृषि सञ्जाल पोखरा १५ को साझेदारीमा किसान सञ्चालित बजारको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्धघाटन गरेका हुन ।
कृषि बजारलाई नगरपालिकाको पुर्ण साथ र सहयोग रहने मेयर आचर्यले बताए । कृषकहरु व्यवसायीक कृषि उत्पादनमा जोड दिन समेत उनले आग्रह गरेका हुन ।
स्थानिय किसानको हितलाई ध्यानमा राख्दै कृषकको उत्पादनलाई सहज बजार प्रदान गर्नको लागि कृषि बजार सञ्चालनमा आएको वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले खरिद विक्रि गर्न पाउने उनको विश्वास छ ।
महानगरको कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले पोखरा महानगरले पनि किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको बताए । स्थ्यमाथि असर पर्ने कुनै पनि फलफूल तथा तरकारी विक्रीवितरण गरेको भेटिए महानगरले कारबाही गर्ने बताए । ‘महानगरको कृषि महाशाखाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारको समेत ग्यारेन्टी गर्नेछ ।’