सुचना, समाचार र मनोरन्जन

‘ईश्वर’को ‘पुरा भयो सपना मेरो’मा रवि र बेनिशाको स्वर

काठमाडौं :

फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ। रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतलाई निर्मार्ण टिमले युटुबमार्फत रिलिज गरेका हुन्। गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ ।

गीतको भिडियोमा फिल्मका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन्। गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

आगामी साउन ११ गतेबाट रिलिज हुन लागेको यो फिल्म दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको हो। हरिबहादुर थापाको निर्माण रहेको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

Leave A Reply

Your email address will not be published.