सुचना, समाचार र मनोरन्जन

मिरुना भन्छिन्,‘अहिलेसम्म घर परिवारबाट बिहेको कुरै भएको छैन’

काठमाडौं :

शुक्रबारबाट हलमा लागेको फिल्म ‘घर ज्वाइँ’को टिम हलहलमा पुगेका छन्। दर्शकको प्रतिक्रिया लिनका लागि शुक्रबार बिहानैबाट कलाकार मिरुना मगर,शिशिर वाङ्देल सहित निर्माण काठमाडौंका हलमा पुगेका हुन्।

फिल्मले रुकुम पुर्वको कथा बोलेको छ। त्यहाँ रहेका मगर समुदायमा घर ज्वाई राख्ने कुरालाई निर्माण टिमले कथावस्तु बनाएको छ। फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आफुले निकै उत्साहित बनेको मिरुनाले बताईन्।

उनले परिचय डटकमसँगको कुराकानीमा भनिन्,‘आज जति दर्शकले हेर्नुभयो,उहाँहरुले मन पराइदिनुभएको छ। यो बिहेको सिजनमा पनि। उहाँहरु सबैलाई धन्यवाद भन्छु। अनि जसरी हाम्रो टिजर,ट्रेलर र गीत हेरेर एकदम राम्रो प्रतिक्रिया दिनुभएको छ। हामीले त्यस्तै अपेक्षा यो फिल्मबाट पनि गरेका छाँै।’

उनको घरपरिवारले पनि यो फिल्म हेर्न आतुर रहेको बताईन्। तपाईले फिल्ममा घर ज्वाई राख्नु भएको छ। घर परिवारले पनि तपाईलाई छोरी घर ज्वाई नै राख्ने भन्नुभएको छ कि भन्ने प्रश्नमा उनले घरमा कुनै कुरा नचलेको बताईन्।

‘अहिलेसम्म घर परिवारबाट बिहे,ज्वाई,हुन्छ नि घर ज्वाइँ,बुहारी त्यस्तो केहि कुरा हुँदैन हाम्रोमा,’उनले भनिन्,‘तर उहाँहरु मेरो फिल्म हेर्न आतुर हुनुहुन्छ।’

उनीसँगै हलमा पुगेका शिशिरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताए। पत्रकारसँगको कुराकानीमा उनले फिल्मको टिमबाट फिल्म हेर्ने दर्शकलाई धन्यवाद मात्र दिए। फिल्मलाई अनिल मगरले निर्देशन गरेका हुन्। यस फिल्मम मिरुनाको जोडीका रुपमा अभिनेता दयाहाङ राई रहेका छन्। दर्शकले यो जोडीलाई केहि वर्ष यता फिल्ममा रुचाउँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.