सुचना, समाचार र मनोरन्जन

‘खुस्मा’को ‘खुशीका पल बटुलेर’ मा नाचे धिरज र उपसना

काठमाडौं :

आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘खुस्मा’को पहिलो गीत रिलिज भएको छ। फिल्ममा समावेश गीत ‘खुशीका पल बटुलेर’ लाई युटुबमार्फत रिलिज गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीले नाचेका छन्। उनीहरुको नाचलाई मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद गरिएको यो गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका छन्। गीतमा भने एसडी योगीको संगीत,उनैको गायन रहेको छ भने उनलाई विज्ञानी पराजुलीले साथ दिएकी छन्। गीतलाई राम अविरल विष्टले लेखेका हुन्।

अशोक थापामगरको लेखक तथा निर्देशन रहेको फिल्ममा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक मगरले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरिसकेका छन्। उनको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू फिल्म हो । डकुमेन्ट्रीबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

मोहन राई कार्यकारी निर्माता रहेको फिल्मको छायांकन दिपक बज्राचार्यको छ। फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.