सुचना, समाचार र मनोरन्जन

‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी

काठमाडौंँ :

सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो वर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई युटुबमार्फत सार्वजनिक गरिएको हो। गीतमा एचबिएन किस्मतको एरेन्ज छ।

डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ। सार्वजनिक भएको २४ घन्टामा १ लाख ७४ हजार बढी भिउज पाउँदै चर्चामा कमाउन सफल गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ।

मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीेले हट नृत्यले भरिएको छ। फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् ।

भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ। भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.