सुचना, समाचार र मनोरन्जन

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौंः सभापति देउवा

काठमाडौं /

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन्।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संबिधानको संशोधन गरिने र संबिधानलाई सहभागिता मुलक बनाइने बताए।

संबिधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संबिधान संशोधन गर्नुपर्ने उनले बताए।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे। उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए।

Leave A Reply

Your email address will not be published.