काठमाडौं :
प्रशान्त तामाङ निर्देशनमा बन्ने फिल्म ‘सारंग’को एउटा गीतका लागि २२ जनाले बालबालिकाले स्वर भरेका छन्। उनीहरुले फिल्ममा समावेश हुने गीत ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका हुन्। डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका प्रतिभावान बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटले आफ्नो स्वर भरेका हुन्।
फिल्मको अर्काे एउटा गीतमा भने शान्तिश्री परियार र साइराजले गाएका छन्। उनीहरुले ‘चोली तुनामा’ बोलको सो गीतमा स्वर भरेका हुन्। यस गीतलाई पनि डिपी खनालले लेखेका हुन् भने संगीत पनि शंकर थापा स्माइलको छ। बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको बताए। गीत एक्दमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी छ।
गत बैशाख २ गतेबाट सुटिङ थालिएको फिल्मको पहिलो चरणको सुटिङ सकिएको निर्माण पक्षको भनाई छ। बाँकी छायांकन केही दिनमै गरिने निर्देशक तामाङले बताए। फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन्। मनोरञ्जनका साथै समाजिक सन्देशसमेत प्रस्तुत गरिने फिल्मको स्क्रिप्ट निर्देशक तामाङ आफैले लेखेका हुन्।