सुचना, समाचार र मनोरन्जन

अक्षय कुमारलाई प्रश्न : किन वर्षको चार–चार फिल्म गर्ने, एउटा गरे हुन्न ?

मुम्बई :

केहि वर्ष यता बलिउड अभिनेता अक्षय कुमारका लगातार फिल्म प्रदर्शनमा आइरहेका छन्। उनका फिल्मले सोचे अनुसारको व्यापार पनि गरेको छैन। त्यस कारण उनको भारतिय फिल्मकर्मी लगायतले उनको कामको खिल्ली उडाउने र ट्रोल बनाउने काम गरिरहेका छन्। हालै एक कार्यक्रममा उनलाई पत्रकारले प्रश्न सोधेका छन्,‘किन वर्षको चार–चार फिल्म गर्ने ?’

Pach Pandav

यसका जवाफमा उनले वर्षमा एउटा फिल्ममा मात्रै काम गरेर आफ्नो जिविका नचल्ने र बेरोजगार हुनु त भन्ने जवाफ फर्काएपछि चर्चामा छन्।
उनी भन्छन्,‘म किन बढी काम गर्छु भनेर मानिसहरूले प्रश्न उठाउँछन्। म त्यस्ता मानिसहरूलाई भन्न चाहन्छु कि कम्तिमा हामीसँग काम छ। जोसँग काम छ, कमसेकम गर्न दिनुहोस्।’

उनी अभिनित पछिल्लो फिल्म ‘सरफिरा’बक्स अफिसमा कमजोर बन्यो। फिल्मले सोचे अनुसारको व्यापार गरेन भने त्यस अघिको फिल्म ‘बडे मियाँ–छोटे मियाँ’ले पनि गतिलो व्यापार गरेन। उनी आफ्नो फिल्म असफल भइरहेको अवस्थामा पनि फिल्म खेल्न छोडेका छैनन्। उनको अक्षयको यो वर्ष थप २–३ फिल्म रिलिज हुने तयारीमा छन्।

मामाअर्थका संस्थापक गजल अलघसँगको कुराकानीमा उनले भनेका छन्,‘उनीहरुले मलाई एक वर्षमा ४ वटा फिल्म किन गर्ने भनेर सोध्छन् । मैले एउटा मात्रै फिल्म गर्नुपर्छ भन्ने उनीहरुको भनाई छ । ल ठिक छ म एउटै फिल्म गर्छु, त्यसपछि बाँकी दिन के गर्ने? म तिम्रो घर आउनु ?

Leave A Reply

Your email address will not be published.