सुचना, समाचार र मनोरन्जन

दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं/

राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ ।

विभिन्न प्रश्न उठाउदै एफसीले केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

यसै वीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते ए एफ सी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएपछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र बराईन बीचको खेल बराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।

लामो समय देखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदान प्रति ए एफ सीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गरेका थिए।

मैदानले एसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए । उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.