सुचना, समाचार र मनोरन्जन
Sarangi

संविधान संशोधन विधि र प्रक्रियाबाटै हुन्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ/

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताएका हुन् । उनले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताए । अधिकार दिने कुराहरूमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे ।

उनले कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताए । उनले ०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताए । उनले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरू सच्याउनकै लागि संविधान संशोधन गरिने बताए ।

उनले संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरूलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताए ।

Leave A Reply

Your email address will not be published.