सुचना, समाचार र मनोरन्जन

पोखरामा अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

पोखरा/

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ।

प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष रामजी प्रसाद लम्साल र सफल न्युज डटकमका कार्यकारी सम्पादक एकराज गिरी,, खेलाडी एंव पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदार,सहित सम्मानित भएका हुन् ।

त्यसैगरी सम्मानित हुनेहरूमा खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चौधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गा प्रसाद आचार्य, शोभाखर अधिकारी रहेका छन् ।

Pach Pandav

गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्तोला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर रोका, कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दोसल्ला, अविर र सम्मानपत्र सहित सम्मान गरे ।

प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेको र त्यसले जनतामा निराशा पैदा गरेको बताउदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएको संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्य का लागि काँग्रेस एमालेको सरकार बनेको बताए ।

उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाको संचारका लागि सरकारले काम गर्ने बताए । उनले रिटनीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भुमिका खेल्ने कार्कीले बताए । रोजगारीका लागि विदेशमा बसेर आएकाहरुको सीप र ज्ञानलाई स्वदेशमा उपयोग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएको कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।

कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्द बहादुर रोका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनि, सम्मानितका तर्फबाट संस्थापक अध्यक्ष बुद्धि प्रसाद सुवेदी, दिपकबहादुर गोदार,रिटनी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल,एशिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटनी सेन्टर नेपाल केन्द्रीय सदस्य चुडामणि अधिकारी, उपाध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रम रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका संस्थाका कोषाध्यक्ष माधब भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.