काठमाडौँ/
संघीय संसदको दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।
संसदीय सुनुवाइ समिति र राज्याक निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुखले मंगलबार निर्वाचनको मिति तोकेका संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।
महासचिव पाण्डेयले जारी गरेको सूचना अनुसार ३० साउनको दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसपछि साढे ४ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
भोलिपल्ट ३१ साउनमा दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सदस्यले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ ।