सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

डेङ्गी नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिसँग छलफल

काठमाडौँ/

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाण्डौ उपत्यकामा डेङ्गी रोकथामका लागि काठमाण्डौ उपत्यकाका पालिकाहरुसँग छलफल गरेका छन।

IVF Big

काठमाण्डौ, भक्तपुर तथा ललितपुरमा डेङ्गी सङ्क्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले महानगर तथा नगरपालिका सदस्य रहेको उपत्यका मेयर्स फोरमसँग छलफल गरेका हुन ।

साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उधृत गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन पालिकाबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए । मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए ।

अब उपचारसँगै फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतनाका कार्यक्रम विस्तार गरेर डेङ्गीसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । कार्यक्रममा सहभागी काठमाण्डौ , भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउँदै डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.