सुचना, समाचार र मनोरन्जन

‘सतीदेवी’को गीत : ‘माया बसेको रैछ’मा नाचे मलिका र सन्दीप

काठमाडौं :

प्रदर्शनमा आउन एक साता बाँकी रहँदा फिल्म ‘सतीदेवी’को रोमान्टिक गीत सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार सार्वजनिक ‘माया बसेको रैछ’ बोलको गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र नव–अभिनेता सन्दीप बाबु लोहानीबीचको प्रेमलाई दर्शाइएको छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाले गीतलाई लेखेका हुन्।

Pach Pandav

भदौं ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई गम्भीर प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषय उठाएको छ । फिल्ममा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी लगायतको पनि अभिनय रहेको छ।

बाबु श्रेष्ठको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन रहेको फिल्मले केही फेस्टिभलहरुमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ। यो फिल्मले यस अघि सार्वजनिक गरेको पोस्टरमा मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको थियो।फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको अघिल्लो साता सार्वजनिक ट्रेलरले हाइप बढाएको छ ।

Leave A Reply

Your email address will not be published.