सुचना, समाचार र मनोरन्जन

‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप

काठमाडौं :

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार भइरहेको छ। यो फिल्ममा राजेश हमाल,नीति शाहपछि निर्माण पक्षले थप दुईजना मुख्य पात्रहरु फाइनल गरेको हो। यस अघि निर्माणपक्षले तीन जना कलाकारहरु फाइनल गरेको थियो।

Pach Pandav

एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ। निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।

यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैछन्। आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ। क्याप्टेनपछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लागेका हुन् । फिल्ममा हमाल पछि यसअघि नै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेकी छन्।

सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ। क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.