Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
- ‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक उपस्थिति
- ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
- निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड
- ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक: नीति र मुकुन भन्छन्– ‘फरक र वास्तविक कथा छ’
- टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा
- मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
- महँगीको डढेलो : भान्छाबाट हराएको खुसी
- वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक
काठमाडौँ :
प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि केतन क्षेत्रीलाई नचिन्ने कमै छन्। नेपाली संगीत बजारमा उनको लोकप्रियता निकै लोभलाग्दो छ।
उनले अहिलेसम्म धेरै गीत् बजारमा ल्याइसकेका छन्, यसपटक अर्को गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
यस कार्यक्रममा उनको टिम, केहि पत्रकार, केहि नेपाली फिल्म उद्योगका कलाकार तथा निर्देशक पनि उपस्थित थिए। त्यसबाहेक केतनका फ्यानहरुरुको पनि बाक्लो उपस्थिती थियो। गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो। भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन्, लाइटको व्यवस्थापनमा नबिन बोगटीले काम गरेका छन्। सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थॉमस जीएमले गरेका हुन्। यसलाई पुजन श्रेष्ठले निर्माण गरेका हुन्।