सुचना, समाचार र मनोरन्जन

केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक

काठमाडौँ :
प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि केतन क्षेत्रीलाई नचिन्ने कमै छन्। नेपाली संगीत बजारमा उनको लोकप्रियता निकै लोभलाग्दो छ।
उनले अहिलेसम्म धेरै गीत् बजारमा ल्याइसकेका छन्, यसपटक अर्को गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
Pach Pandav
यस कार्यक्रममा उनको टिम, केहि पत्रकार, केहि नेपाली फिल्म उद्योगका कलाकार तथा निर्देशक पनि उपस्थित थिए। त्यसबाहेक केतनका फ्यानहरुरुको पनि बाक्लो उपस्थिती थियो। गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो। भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन्, लाइटको व्यवस्थापनमा नबिन बोगटीले काम गरेका छन्। सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थॉमस जीएमले गरेका हुन्। यसलाई पुजन श्रेष्ठले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.