सुचना, समाचार र मनोरन्जन

लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको फिल्म ‘वर एण्ड वधु’को चर्चा

काठमाडौं :

यहि भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को चर्चा चुलिन थालेको छ। शुक्रबार फिल्मको ट्रेलर रिलिज भएपछि फिल्मप्रति दर्शको चासो बढेको हो।

लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन्। उनको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी रहेको छ भने कार्यकारी निर्माता अमित रिजाल हुन्। झन्डै एक महिना अघि यो फिल्मको गीत रिलिज भएको थियो। गीतमा आँचलको जोडी नमिलेको भन्दै आलोचित समेत बनेको फिल्मको ट्रेलरले भने हाइप बढाएको छ। त्यो आलोचनालाई छोप्न सफल भएको छ।

Pach Pandav

फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको यो फिल्ममा सुदिप बरालको डीओप,मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफीको काम देखिएको छ। यहि फिल्ममा सन्तोष लामाको कला निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।

यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ।

Leave A Reply

Your email address will not be published.