काठमाडौं :
नेपाली फिल्महरूको लागि अग्रणी डिजिटल प्लेटफर्म सिनेमाघरले आफ्नो एपमा दयाहाङ राई अभिनित फिल्म ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ।निर्माण टिमले आइतबारबाट एपमार्फत पुन रिलिज गरेको हो।
रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरूले अभिनय गरेका छन्। हलमा हेर्न नपाएका दर्शकका लागि विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध गराएको निर्माण पक्षले जानकारी दिएको छ। निर्माण टिमले यो फिल्मलाई पुन सम्पादन गरेर नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ जनाएको छ। जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा निर्माण पक्षको छ।
प्रदर्शनपश्चात् हलबाट उत्रेको कम समयमै डिजिटल प्रिमियर गर्न लागिएको हुनाले ओटीटीमा फिलम हेर्ने दर्शकहरूलाई आकर्षित गर्ने निर्देशक गुरुङले बताए। उनले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त फिल्म केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन गरिएको बताए।
‘हामीले हल रिलिजको समयमा गरिएको गल्तीलाई सुधार गर्नको लागि पुनः सम्पादन गरेका होइनौँ। केही दर्शकहरूले चलचित्रको गतिमा केही सुस्त भएको प्रतिक्रिया दिएका थिए,’उनले दुई महिना अघिको कुरा सम्झदै भने,‘त्यस प्रतिक्रियालाई ध्यानमा राख्दै हामीले प्राविधिक सुधारको उपायहरू खोजेका छौँ।’
निर्देशक गुरुङले दर्शकहरूको लागि बनाइएको फिल्म भएकोले थिएटरमा हेर्न छुटेका दर्शकको लागि डिजिटल रिलिज गरेको बताए। उनले थपे,‘विशेष गरी विदेशमा बस्नेहरूले राम्रोसँग हेर्न नपाएको कारण डिजिटल रिलिज गरेका हौँ। नेपालमा पनि हलसम्म पुग्न छुटेका दर्शकहरूको लागि डिजिटल रिलिज प्रभावकारी हुनेछ भन्ने देखेर सिनेमाघरमा रिलिज गरेका छौँ।’
यसअघि रामबाबुले निर्देशन गरेको फिल्म ‘कबड्डी४’ सिनेमाघरमा पनि हिट भएको थियो।
ुसिनेमाघर एप एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ।
सिनेमाघरका सिईओ सागर खरेलका अनुसार एपको प्रयोग विश्वभरबाट सजिलै सम्भव छ र अब सिनेमाघरलाई वेब ब्राउजरमार्फत पनि सजिलै प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको छ। यो सुविधाले डिजिटल प्लेटफर्ममा नेपाली फिल्म हेर्ने अनुभवलाई अझै सहज र थप रमाइलो बनाउने खरेलले बताए।