सुचना, समाचार र मनोरन्जन

चाडबाडको समयमा सफल दही एकदम सही

पोखरा/
चाडबाडका अवसरमा दही हाम्रो समाजमा महत्वपूर्ण परिकारको रूपमा समावेश हुँदै आएको छ। चाडपर्वहरुलाई अझ विशेष बनाउन स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही बजारमा आएको छ । सफल दही गाई तथा भैँसीको दूधलाई उच्च स्तरीय प्रविधिद्वारा प्रशोधन गरि बनाइएको बाक्लो र मलायदार दही हो ।
चाडबाडको समयमा सन्तुलित आहार सबैका लागि आवश्यक भए तापनि, व्यस्तताले गर्दा गृहिणीहरूका लागि यसलाई व्यवस्थित गर्न अझै चुनौतीपूर्ण बन्ने गर्छ। यस्तो अवस्थामा, चाडपर्वका विशेष परिकारसँगै सफल दहीलाई समावेश गर्न सके, परिवारका सबै सदस्यहरूका लागि पोषणयुक्त र सन्तुलित आहार सजिलै तयार गर्न सकिन्छ ।
सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही, पछिल्ला १८ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ। चाडपर्वको उत्सवलाई अझ विशेष बनाउन सफल दही एक उत्तम विकल्प हो। यसमा भएको क्याल्सियम, प्रोटिन, र भिटामिनजस्ता स्वास्थ्यका लागि महत्त्वपूर्ण पोषक तत्वहरूले गर्दा यो हरेक उमेर, समूहका लागि लाभदायक हुन्छ। चाडपर्वको मिठासमा सफल दहीको समबेशले पर्व अझै स्वास्थ्यप्रद र आनन्दमय बन्ने उत्पादक कम्पनीको बिश्वास छ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै, चाडपर्वको उत्सवलाई स्वस्थ र स्वादिष्ट बनाउन सफल ब्रान्डले आफ्नो लोकप्रिय उत्पादन ‘सफल दही’ अब सुगर फ्री सफल सादा दहीमा पनि उपलब्ध गराएको छ।

सफल सादा दही (सुगर फ्री) विशेषगरी मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्तिहरू, स्वास्थ्य सचेत मानिसहरू, र स्वस्थ जीवनशैली अपनाउन चाहने, सबैका लागि चाडपर्वमा एक उत्कृष्ट विकल्प हो। अब सुगर फ्री संस्करणको उपलब्धताले स्वास्थ्यप्रति सजग रहेका उपभोक्ताहरूलाई चाडपर्वमा सजिलै स्वस्थ रहन सहयोग पुर्‍याउनेछ। सफल सादा दही (सुगर फ्री) बजारमा ५०० एमएल पाउच रु ८५, १/२ लिटर टब (TUB) रु १००, र १ लिटर टब (TUB) रु १९० मा उपलब्ध छ।
सफल ब्रान्डको स्वस्थ जीवनशैली र पोषणप्रतिको प्रतिबद्धतालाई सुगर फ्री दहीको बजारिकरणले थप प्रमाणित गरेको छ। सफलको सादा दहीले (सुगर फ्री) उपभोक्ताहरुलाई अत्यन्तै रुचिकर विकल्प प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।

 

 

Leave A Reply

Your email address will not be published.