पोखरा/
तपाईको युट्युव च्यानल छ । धेरैको छ होला । तपाई हामीले नायाँ युट्युव च्यानल खोल्दा एक दिनमा कति सब्सक्राइबर होलान? 1k देखि 2k सम्म ।
ख्याति होस त रोनाल्डोको जस्तो । उनको युट्यब च्यानलले यतिबेला विश्वको ध्यान तानेको छ ।
विश्व विख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युट्युव च्यानल खोलेका छन । युट्युव च्यानल खोल्नु अहिले सामान्य जस्तै भैसकेको छ ।
तर रोनाल्डोको हकमा रोचक कुरा के छ भने च्यानल खोलेपछि सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुर्याउने रोनाल्डो पहिलो व्यक्ति भएर विश्व कृतिमान नै बनाएका छन ।
च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढीले उनको च्यानललाई सब्सक्राइब गरेका थिए । यूआर क्रिस्टियानो नामको च्यानल खोल्नेबित्तिकै उनका प्रशंसकहरू उत्साहित भएर सब्क्राइब गर्न थाले ।
४ घण्टामै उनको सब्सक्राइबर ५० लाख नाघेका थिए । उनले युट्युब च्यानल खोलेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । उनले लेखेका थिए, लामो पर्खाइ सकिएको छ । मेरो युट्युब च्यानल यहाँ छ । मेरो नयाँ यात्रामा जोडिनुहोला ।
१० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटन पनि उनले एक दिन नवित्दै पाएका छन् । १ करोड सब्सक्राइबर पुगेपछि पाउने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन् ।
अहिले उनको च्यानलमा १९ वटा विभिन्न भिडियो अपलोड भएका छन् भने ती भिडियोले पनि लाखौँ भ्युज पाइसकेका छन् ।
रियल म्याड्रिड,म्यानचेस्टर युनाइटेड र जुभेन्टासका पूर्वखेलाडीसमेत रहेका पोर्चुगलका स्टार खेलाडी रोनाल्डो यतिबेला भने साउदी प्रोलिगमा आबद्ध छन् ।