सुचना, समाचार र मनोरन्जन

मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

रसुवा/

वर्षाका कारण मानसरोवर कैलाश जाने चीनतर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज दिउँसाेदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।

Pach Pandav

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरी पुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भू–भागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरी पुलबाट आउजाउ गर्न थालेका छन् ।

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका झन्डै पाँच सय जना यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय जना यात्रु रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्‍याई गन्तव्यतर्फ जान थालेका खनालले जानकारी दिनुभयो ।

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नम्बर गुल्म रसुवाले समन्वय गरेकाे छ ।

Leave A Reply

Your email address will not be published.