सुचना, समाचार र मनोरन्जन

असोज ११ मै आउने भयो अर्जुन कुमारको ‘सानो संसार’

काठमाडौं :

केदार घिमिरे ‘माग्ने बुढा)की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘सानो संसार’लेृ प्रदर्शन मिति तोकेको छ।निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गर्दै असोज ११ गतेलाई तोकेका हुन्।

यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको थियो। सबै प्राविधिक काम सकिएपछि अब एक हप्ता अगावै अर्थात असोज ११ गते प्रदर्शनमा ल्याउने निर्माता अर्जुनले जानकारी दिए।

Pach Pandav

पारिवारिक कथावस्तुमा निर्माण भएको यस फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवीका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ। यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन्।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । यस फिल्मका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा सरिष्मा पुडासैनीको पनि लेखन रहेको छ। डिजिटल पाटर्नरका रुपमा म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ।

Leave A Reply

Your email address will not be published.