सुचना, समाचार र मनोरन्जन

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा/

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Chaka Panja

व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको टोली घरमै पुग्दा व्यवसायी दंग छन् । युवा जोस र जाँगर अनि भिजन बोकेर हिंडेको टोलीले जित्ने विश्वास मिलेको छ । उद्योग वाणिज्य संघको छविलाई उचाल्न पोखरेल प्यानलको जीत सुनिश्चित भएको तर्क व्यवसायीहरुको छ । अर्जुन पोखरेल प्यानल १५ बुँदे प्रतिबद्धता पत्रसहित घरदैलोमा पुगेको हो ।


“सम्मानित संघ, समुन्नत व्यवसाय” नारालाई आत्मसात् गर्दै संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने संकल्प पोखरेलको छ । आफू निर्वाचित भएमा साना, मझौला र ठूला व्यावसायीहरुको समस्यामा साथै रहने पोखरेलले उल्लेख गरेका छन् ।

अर्जुन प्यानलको वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष ९उद्योग० पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष ९वाणिज्य० पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला, कार्यसमिति सदस्यहरुमा क्रमश स् भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी ९माधव०, ललित बहादुर कुँवर, दुधमान ९आशिष० गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.