
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती
पोखरा/
पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।
विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।

महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गर्नुुभयो ।
कार्यक्रममा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवम् महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल लगायतले बोल्नुुभएको थियो ।
महाआरती अन्तर्गत तीनवटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले रु १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्नसक्ने व्यवस्था मिलाइएको छ । महाआरती प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ ।
आजको महाआरतीमा मुख्य कर्ताका रुपमा राधा गुुरुआमा, गोपालदाशी ढकाल र मनोहरि भण्डारी रहनुुभएको थियो ।
Prev Post
Next Post