सुचना, समाचार र मनोरन्जन

खुस्माको दोस्रो गीत ‘रुकुम मैकोट’ युटुबको ट्रेण्डिङमा,तर छैन चर्चा

काठमाडौं :

कुन फिल्मको गीत ट्रेण्डिङमा पर्यो या परेन,चल्यो या चलेन भन्ने मापन गर्नका लागि डिजिटल प्लेटफर्मलाई लिने गरिन्छ। त्यसैको आधारमा गीत हिट या फ्लपको मापन गर्ने गरिएको पाइन्छ। तर संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा खुस्माको दोस्रो गीत ‘रुकुम मैकोट’को शिर्षस्थानमा हुँदा पनि चर्चा हुन सकेको छैन।

गत आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको गीत सार्वजनिक गरेका थिए। लोकलयको यो गीत यतिबेला युटुबको शिर्षस्थानमा रहेको छ। तर जति चर्चा हुनुपर्ने हो त्यति भएको पाइदैन। यो गीतमा एसडी योगीको संगीत रहेको छ भने सुरेन्द्र रानाको शब्द रचना सुन्न सकिन्छ। गीतलाई संगीकार योगी र शान्तिश्री परियारले मिलेर गाएका छन्। यो फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासनासिंह ठकुरीसँगै अन्य कलाकारहरुले नाचेका छन्। रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ।

रुकुममा नै खिचिएको यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई लगानी विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्। सह–निर्मातामा सुस्मिता बुढाथोकी रहेकी छन्। मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

यस फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय गरेका छन्।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले वि.स.२०५२ साल तिरको माओवादी र सरकारबीचको द्धन्द्धकाबीचमा भएका घटनालाई पर्दामा उतार्न खोजिको छ। त्यतिबेला धिरज र उपासनाबीचतको अंकुराएको प्रेमलाई पर्दामा देखाउने प्रयास गरिएको छ। यो फिल्मलाई वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।

Leave A Reply

Your email address will not be published.