सुचना, समाचार र मनोरन्जन

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशले गरे पदभार ग्रहण

 

काठमाडौं : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन्। सोमबार कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले आफू आफू जागिर खान नभई काम गर्न आएको संक्षिप्त प्रतिक्रिया दिए।

मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डीसी, नेपाली फिल्म उद्योगमा एक परिचित नाम हो। उनी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन्।

चलचित्र निर्देशन, अभिनय र सञ्चार माध्यममा लामो अनुभव बटुलेका डीसीले नेपाली फिल्म उद्योगको विकास र प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गरेका छन्। डीसी, टेलिभिजन र रेडियो कार्यक्रमका सफल निर्माता र प्रस्तोता पनि हुन्। उनको प्रस्तुति शैली र संचार कौशलले दर्शकहरूको मन जित्न सफल भएको छ। उनले विभिन्न टेलिभिजन शोहरूमार्फत नेपाली समाजमा मनोरञ्जनका साथै सामाजिक सन्देश पनि प्रवाह गर्दै आएका छन्।

 

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा, डीसीले नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने योजना बनाएका छन्। उनले युवा फिल्म निर्माता, कलाकार, र प्राविधिकहरूलाई प्रोत्साहित गर्न र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने लक्ष्य राखेका छन्। वर्षेनी आयोजना गरिने फिल्म अवार्ड कार्यक्रमको व्यवस्थापन र नेतृत्वमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका डीसीले नेपाली फिल्म उद्योगमा उत्कृष्ट प्रतिभालाई पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.