सुचना, समाचार र मनोरन्जन

पोखरेली उद्यमीका सारथी

कास्की :  पोखराको व्यावसायिक क्षेत्रले नयाँ युगमा प्रवेश गर्ने तयारी गरेको छ, जहाँ साना तथा मझौला उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने दह्रिलो उम्मेदवार, गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन्।

आफ्नो समर्पण र इमान्दारिताको प्रमाणस्वरुप कार्की अहिले डेंगु संक्रमणका कारण अस्पतालको शैयामा पनि निडर भएर चुनावी अभियानमा जुटेका छन्। पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन नजिकिदै गर्दा, कार्कीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउन संघको सचिवालय पुग्दा उद्योगी-व्यापारीहरूले उनको स्वास्थ्य लाभको कामना गरेका थिए। यो कर्तव्यनिष्ठता र अठोटको अद्वितीय उदाहरण हो, जसले पोखराका उद्यमी व्यवसायीहरूमाझ एक नयाँ आशा सञ्चार गरेको छ।

गोकर्ण कार्की केवल डेंगु रोगसँग मात्र होइन, पोखरामा एकछत्र राज गरिरहेका ठूला व्यापारिक घरानियाँहरूको प्रभावसँग पनि जुधिरहेका छन्। पोखराका साना तथा मझौला व्यवसायीहरूको समस्यालाई समाधान गर्ने दृढ इच्छाशक्ति लिएर उनी अध्यक्ष पदका लागि लडिरहेका छन्। “पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा मेरो उम्मेदवारी केवल मेरो व्यक्तिगत आकांक्षाका लागि होइन, यो सम्पूर्ण साना र मझौला उद्योगी व्यवसायीहरूको अधिकार र अस्तित्वको लडाइँ हो,” कार्कीले अस्पतालबाट आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्कीले आफ्नो उम्मेदवारीलाई मात्र चुनावी प्रतिस्पर्धा नभई, उद्यमीहरूको हितका लागि एक संघर्षको रुपमा चित्रित गरेका छन्। “हाम्रो उद्यमी समुदायको भविष्य निर्माण गर्नको लागि हामीलाई एक सबल, सक्षम र जुझारु नेतृत्व आवश्यक छ,” कार्कीले भनेका छन्।

यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको मामिला मात्र होइन, यो पोखराको उद्योगी क्षेत्रको भविष्यको निर्धारण गर्ने महत्त्वपूर्ण क्षण हो। गोकर्ण कार्कीको विजयी हुनु भनेको साना तथा मझौला व्यवसायीहरूको सम्मान र न्यायको जीत हुनेछ। “सबल नेतृत्व र दीर्घकालीन विकासको लागि गोकर्ण कार्कीलाई अत्यधिक मत दिनुहोस्,” यसै नाराका साथ उनी चुनावी मैदानमा उत्रिएका छन्।

Leave A Reply

Your email address will not be published.