सुचना, समाचार र मनोरन्जन

फिल्म प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’को ‘माया’बोलको गीत रिलिज

काठमाडौं :

फिल्म ‘वर एण्ड वधु’प्रदर्शनमा आएको एकसातापछि नयाँ गीत रिलिज भएको छ। गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘वर एन्ड वधु’को नयाँ गीत ‘माया’ सार्वजनिक गरिएको छ।

Pach Pandav

यो रोमान्टिक गीतमा दीपक लिम्बू र प्रविशा अधिकारीको स्वर, शैलेन्द्र खनालको शब्द रचना र युग भुषालको संगीत छ। कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्य रोमान्टिक भावमा देखिएका छन्।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, दिनेश काफ्ले, कुसुम शर्मा, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतको अभिनय छ। जानुका थापा निर्माता तथा अमित रिजाल कार्यकारी निर्माता रहेको छन्।

Leave A Reply

Your email address will not be published.