सुचना, समाचार र मनोरन्जन

प्रिमियरमा ‘देवी’ले उठाएको विषयको प्रशंसा,शिल्पाको तारिफ

काठमाडौं :

बलात्कारविरुद्धको आवाज उठाएको फिल्म ‘देवी’ले प्रिमियरले प्रशंसा पाएको छ। बुधबार फिल्मको काठमाडौंमा भएको भव्य प्रिमियरमा सेलिब्रेटी तथा पत्रकारबाट प्रशंसाा पाएको हो।

Pach Pandav

तीजको अवसर पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मलाई अधिकांश अतिथिहरुले विषयवस्तु र अभिनेत्री शिल्पा मास्केको अभिनयलाई तारिफ गरेका हुन्।

प्रिमियरमा उपस्थित भएकी अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले भावुक बनाएको बताउँदै नेपालमा बलात्कार तथा महिला हिंसाको कानुन बलियो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताए। प्रिमियरमा अभिनेत्रीद्वय लुनिभा तुलाधर,मेनुका प्रधान,फिल्म निर्देशक सौरभ चौधरी लगायत उपस्थिति रहेको थियो।

क्राइम(थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन्। यसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ।

Leave A Reply

Your email address will not be published.