सुचना, समाचार र मनोरन्जन

सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ले पायो ‘एडल्ट’ सर्टिफिकेट

काठमाडौं :

सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ले ‘एडल्ट’ सर्टिफिकेट पाएको छ। चलचित्र जाँचपास समिति सेन्सर बोर्डले हिंसात्मक दृश्यको प्रशस्त प्रयोगपछि एडल्ट सर्टिफिकेट पाएको हो।

Pach Pandav

अब यो फिल्म १६ वर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन्। बोर्डले फिल्मको रनटाइम १८४ मिनेटमा समेत सीमित गरिदिएको छ। प्रमुख मल्टिप्लेक्सले हिजैबाट फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन्।

पूजा शर्माले निर्माण गरेको यो फिल्ममा उनी आफै मुख्य भुमिकामा अभिनय गरेकी छन्। उनका अलवा फिल्ममा पल शाह,आकाश शाह,प्रमोद अग्रहरी लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.