सुचना, समाचार र मनोरन्जन

सक्किगोनी टिम फुट्यो : जिग्रीपाँडेले फिल्म ‘लाज शरणम’ छायांकनमा निस्केपछि काकुले थाले ‘परान’

काठमाडौं :

टेलिभिजन श्रृंखला ‘सक्किगो नि’मा भाँडभैलै मच्चिएको समाचार बाहिरिएको छ। यो टिममा रहेर फिल्म ‘राज शकरणम्’कथा लेखन तथा स्कृप्टमा जुटेका दीपकप्रसाद आचार्य ‘काकु’ फिल्मबाट बाहिरिएको केहि दिनमा नै आफ्नै फिल्मको घोषणा गरेका छन्। उनले फिचर फिल्म ‘परान’को चलचित्र विकास बोर्डमा दर्ता गराएका छन्। उनी आफैले निर्देशन गर्ने भएका छन्।

प्रिमियम प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई सुष्मा गुरागाईंले निर्माण गर्न लागेकी हुन्। उनले फिल्मको कलाकारमा शिवराम लामिछाने र प्रसाद आचार्य उल्लेख गरेका छन्। अन्य कलाकारको भने केहि दिनमा तय हुने बुझिएको छ। एक करोड लगानीमा निर्माण गर्न लागिएको यो फिल्मका बारेमा केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत जानकारी दिने उनको भनाई छ।

काकु एक महिना अघिबाट टेलिश्रृंखला ‘सक्किगोनी’मा पनि देखिएका छैनन्। तपाईले सक्किोगोनी छाड्नुभएको हो भन्ने प्रश्नमा उनले कफी खाँदै सल्लाह गरौला भन्ने कुरा गरे।

Leave A Reply

Your email address will not be published.