सुचना, समाचार र मनोरन्जन

पूजाको ‘रावायण’को रि-सेन्सर : अब सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौं :

शुक्रबारबाट हलमा लागेको फिल्म ‘रावायण’को रि- सेन्सर भएको छ। चलचित्र जाँच पास समिति सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएपछि १६ वर्ष मुनिका बालबालिकालाई फिल्म हेर्न बन्देज लगाइएको थियो। काटमारका दृश्य धेरै भएपछि एडल्ट सर्टिफिकेट थमाएपछि निर्माण टिमले आइतबार पुन दृश्य सम्पादन गर्दै पिँजी सर्टिफिकेट लिएको हो।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्। निर्माण पक्षका अनुसार पिँजी सर्टिफिकेट पाएपछि अब भोलि विहानैबाट १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन्।

निर्माउा पक्षका अनुसार फिल्ममा समावेश २,३ संवादमा बिप र २,३ सटमा ब्लर गरि सेन्सर गरिएको निर्माण भनाई छ। फिल्ममा पल शाह,पूजा शर्मा,प्रियंका कार्की,प्रमोद अग्रहरी,आकाश शाह लगायतको अभिनय रहेको छ। फिल्मलाई निर्देशक थापासँग मिलेर  अभिनेत्री शर्माले निर्माण गरेकी हुन्।

Leave A Reply

Your email address will not be published.