सुचना, समाचार र मनोरन्जन

मोडल एवं सञ्चारकर्मी थपलियाको ‘बासैको चोया’ सार्वजनिक

काठमाडौं :

अहिलेकोे ब्यस्त मोडल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक  भएको छ।  २ वर्ष देखि कलाकारिता  क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै ब्यस्त मोडलको  रुपमा चिनिन्छिन।

Pach Pandav

उनी अहिले धेरै म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त छिन्। थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन।  पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाको चाडै नै अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको छ। उनीद्धारा नै अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गीतमा शब्द ,संगीत सन्तोष कालिकोटेको रहेको छ भने ऐरेन्ज जिवन बाडुले गरेका छन्।

उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको  रहेको छ। शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको  छ। म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन भने यसको  सम्पादन विनोद बमले गरेका छन ।

Leave A Reply

Your email address will not be published.