सुचना, समाचार र मनोरन्जन

नितेश जंगले पोखराका दर्शकलाई नचाउने

काठमाडौं :

गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन। झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् ।

Pach Pandav

नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन्। यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ।पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन्।

नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन्। ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युरोप टुरको तयारी गर्दैछन्। पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । पीभीई नेटवर्कका अनुसार पोखरामा नितेशको कार्यक्रम हुने निश्चित भएपछि उनका फ्यान उत्साहित भएका छन् । नितेशको कार्यक्रम हाउसफूल हुनेमा उनीहरु ढुक्क छन् ।

Leave A Reply

Your email address will not be published.