सुचना, समाचार र मनोरन्जन

‘डेनी डेन्जसर’ निर्देशन गर्दै निश्चल बस्नेत,कलाकार छनोट हुन बाँकी

काठमाडौं :

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले फिल्म ‘डेनी जेन्जसर’ बनाउने भएका छन्। बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। पोस्टरमा ग्याङ्स्टर कथामा बन्न लागेको अनुमान गर्न सकिन्छ।

Pach Pandav

जहाँ रगतले रङ्गिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिएको छ। गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलको यो पाँचौं निर्देशकीय फिल्म हुनेछ। निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

यो फिल्मका कलाकारको भने टुङ्गो लागेको देखिदैन। यो फिल्मको छायांकन भने तिहारपछि सुरु गरिँदैछ। यसअघि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’को सिक्वेलको घोषणा भइसकेको छ। उनी आफैले निर्देशन गर्ने भनिएको यो फिल्म २०८३ सालमा प्रदर्शन गर्ने निश्चलको योजना छ।

Leave A Reply

Your email address will not be published.