सुचना, समाचार र मनोरन्जन

मिस पोखरा २०२४ मा मनिपाल टिचिङ अस्पतालको सहकार्य

पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ मा मनिपाल टिचिङ अस्पतालले पार्ट्नरको भुमिका निर्वाह गर्ने भएको छ । पोखरामा आयोजित सम्झौता (MoU) हस्ताक्षर कार्यक्रममा नेपाल मनिपाल टिचिङ्ग हस्पिटल र इभेन्ट फर यु बिच स्वास्थ सेवामा बिशेष सहकाॠ गर्ने सम्झौता भएको हो । सहमति अनुसार मिस पोखरा २०२४ का सहभागीहरुलाई आवस्यक स्वास्थ सेवा उपलब्ध गराइनेछ । असोज १७ गते मुख्य समारोहका दिन आकस्मिक स्वास्थ उपचारको लागि छुट्टै डेस्कको ब्यबस्था गरिनेछ। साथै प्रतियोगीहरुलाई स्त्रीरोग सम्बन्धि स्वास्थ उपचारको बारेमा अन्तरक्रिया गराइनेछ । सम्झौतामा उल्लेख भए अनुसार मिस पोखरा २०२४ को अवधि भर  कुनै पनि प्रतियोगिको स्वास्थ्यमा समस्या देखिएमा निशुल्क उपचार गरिनेछ भने अस्पताल भर्ना गरेरै उपचार गर्नु परेमा २५% छुटमा उपचार गरिनेछ । कार्यक्रममा नेपाल मनिपाल टिचिङ अस्पतालका सिइयो अनिल ओडुविल,सम्पर्क अधिकारी,कृष्ण मोहन श्रेष्ठ र इभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङ्ले प्रतियोगितालाई सफल बनाउनका लागि सहकार्यमा जुट्ने बताए । पोखरा JCI का कार्यकारी उपाध्यक्ष तथा प्रमुख समयोजक कृष्ण सुनारले कार्यक्रमको सफलताको कामना गरे । पोखराको प्रतिष्ठित मिस पोखरा प्रतियोगिताले युवतीहरुको क्षमता वृद्धि र आत्मविश्वास बिकासमा मदत पुर्याउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.