काठमाडौं :
‘सानो संसार’का निर्माता अर्जुन कुमारले आफ्नो फिल्म अहिलेसम्मै उत्कृष्ट बनेको बताए। मंगलबार काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा फिल्मको बारेमा पत्रकार सम्मेलन गदै शो कुरा बताएका हुन्।
उनले भने, ‘मैले यसअघि जति पनि फिल्म बनाएँ, त्यसमध्ये उत्कृष्टमा ‘सानो संसार’ पर्छ।’ उनले आफुले यसअघि आफुले कुनै फिल्मको प्रिमियर नगरेको भन्दै यो फिल्मको प्रिमियर गरिने बताए।
उनी भन्छन्,‘यसअघि मैले कुनै फिल्मको प्रिमियर गरेको थिइनँ। पहिलो पटक यसको गर्दैछु। फिल्म राम्रो छ भनेपछि नै मलाई प्रिमियरको आँट आएको हो । सेन्सरका सदस्यहरु समेत फिल्म हेर्दा भावुक हुनुभएको थियो।’
फिल्म ‘युगदेखि युगसम्म’होस् या फिल्म ‘चपली हाइट’र यसको सिक्वेल होस् नाम चलेका कलाकार राखेर फिल्म निर्माण गरेका अर्जुन कुमारले नेपालमा कुनै स्टार नभएको दाबी गरे। उनले कुनै पनि कलाकारको टाउको पोस्टरमा राखेर फिल्म चलाउन नसकिने बताए। त्यस कारण उनले कुनै पनि स्टार नभएको तर्क गरे। उनको यो फिल्ममा कुनै स्टार कलाकार राखिएका छैनन्। यो फिल्ममा निर्माता बाहेक अधिकांश नयाँ कलाकार,निर्देशक तथा लेखकको फिल्म रहेको छ। अघिल्ला फिल्म स्टार राखेको र अहिले किन छैनन् भन्ने प्श्नमा उनले नेपामा कुनै पनि कलाकारलाई स्टार नमान्ने तर्क गरे।
उनी भन्छन्,‘मैलै बार बार भन्दै आएको छु, नेपालमा कुनै पनि कलाकारलाई स्टार मान्दिनँ । नेपालको कुनै पनि कलाकार राखेर यो फिल्म चलाउँछु अथवा पैसा कमाउन सकिन्छ भनेर ग्यारेन्टी दिन सकिँदैन। मिडियाका, पत्रकार साथीहरुलाई मेरो आग्रह( यस्ता कुराले दर्शकलाई गुमराहमा राख्ने काम बन्द गरौँ। नेपालमा कोही स्टार छैन।’
यसै फिल्मकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले फिल्म हेर्दा दर्शकले आफ्नै कथा पाउने बताईन्। नव(अभिनेत्री अञ्जसा रिजालले यस फिल्ममा काम गर्दा कुनै अफ्ठयारो फिल्म नभएको बताईन्। उनले आफ्नो पात्रको बारेमा जानकारी दिदै भनिन्,‘मेरो चरित्रले धेरै उद्देश्य बोकेको छ । उसको विदेश जाने सपना छ। अहिलेको समयमा बाहिर जाने थुप्रै युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व फिल्ममा मेरो पात्रले गरेको छ।’
अन्य कलाकारहरुले पनि आफ्नो भुमिकामा बारेमा जानकारी दिएका थिए। सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा तयार भएको यो फिल्ममा सीता र अन्जनाका अलवा राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतमको पनि मुख्य भुमिका रहेको छ। फिल्ममा माधव वाग्ले कार्यकारी निर्मातामा छन्। यो फिल्मको लेखनमा सरिष्मा खत्रीले निर्देशक पुडासैनीलाई सघाएकी छन्।