सुचना, समाचार र मनोरन्जन

‘तेल भिसा’को डबिङमा विपिन कार्की,प्रदर्शनमा आउन २ महिना बाँकी

काठमाडौं :

आगामी मंसिर ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’को धमाधम डबिङ भइरहेको छ। शंकर घिमिरेको लेखन र निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्कीले आफ्नो पार्टको डब गरेका छन्। बाबुछोराको उनले दोहोरो भूमिका गरेका छन्।

Pach Pandav

उनले आइतबार फिल्मको ‘स्वरांकन’का लागि अनामनगरको एक स्टुडियोमा निर्देशक घिमिरेका साथमा आफ्नो पार्टको डबिङ गरिरहेका छन्।उनले यो फिल्मले दर्शकलाई नकरात्मक सन्देश नदिने समेत बताए।

मिडियासँगको कुराकानीमा उनले,‘हामीले बच्चालाई तेल लगाउन आमाबुबा विदेश गएको भन्न खोजेका छैनौं। फिल्म हेरिसकेपछि अझ यो कुरा स्पष्ट हुनेछ। यो नामले विदेश जाने आमा(बुबालाई अपमान गर्न खोजियो भन्ने लाग्छ भने फिल्म हेरेपछि हामीलाई सही नाम राख्नुभएछ भनेर धन्यवाद भन्नुहुन्छ।’

अमेरिका र नेपालमा छायांकन भएको यो फिल्ममा फिल्ममा विपिनसहित पूजा चन्द, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायका कलाकारहरुको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.